Friday, 24 June 2016
  • Social Network :
छिन्नमस्ता भगवती शक्तिपिठ, गा.वि.स. छिन्नमस्ता, सप्तरी
कंकालिनी भगवती मन्दिर, गा.वि.स. भारदह, सप्तरी
विष्णु मन्दिर, गा.वि.स. रुपनगर, सप्तरी
हनुमान मन्दिर, गा.वि.स. हनुमाननगर, सप्तरी
राजदेवी मन्दिर, राजविराज, सप्तरी
माँ वैश्णवो काली मन्दिर, राजविराज, सप्तरी
कनकपट्टीको ऐतिहासिक दरबार, गा.वि.स. खोक्सर प्रवाहा, सप्तरी
डाक्नेश्वरी भगवती मन्दिर, गा.वि.स. पातो, सप्तरी
भगवती मन्दिर, राजविराज, सप्तरी
शम्भुनाथ मन्दिर, गा.वि.स. शम्भुनाथ, सप्तरी

परिचय

सप्तरी नेपालमै विशिष्ट पहिचान बोकेको जिल्ला हो । कुनै समयमा तिरहुत राज्यको एउटा महत्त्वपूर्ण भाग मानिएको यस जिल्लामा विभिन्न जातजातिको साझा बसोबास रहदैआएको छ । देशमै सबभन्दा बढी अर्थात् एक सय चौध गाविस र र एक नगरपालिका रहेको यस जिल्लामा हिन्दु, बौद्ध र इर्साई धर्म मान्नेहरूको सघन बस्ती रहेपनि छिटफुट रूपमा आफ्नो इच्छाअनुसार क्रिश्चियन लगायतका धर्म मान्नेहरूको पनि बसोबास रहेको छ । विभिन्न धर्मावलम्बीहरू एक आपसमा भाइचारा एवम् सामाजिक सद्भावका साथ पुस्तौंदेखि बस्दैआएका छन् ।

समुद्री सतहदेखि ६४ देखि ४ सय ५७ मिटरको उचाइमा अवस्थित यस जिल्लाको कुल क्षेत्रफल १ हजार ३ सय ५९.२८ वर्ग किलोमिटर रहेको छ । यहाँको तापक्रम ७ देखि ४० ड्रि्रीसम्म रहने गर्दछ । सप्तरी जिल्लाको औसत वर्षा १ हजार ३ सय ३६ देखि १ हजार ८ सय ३५ मि.मि.सम्म हुने गर्दछ । पूर्व-पश्चिम लम्बाइ ४३ किलोमिटर तथा उत्तर दक्षिण चौडाइ २३ किलोमिटर रहेको छ भने तर्राई भू-भागले ६३ प्रतिशत तथा चुरे भू-भागले ३७ प्रतिशत भूमि ओगटेको छ । यस जिल्लालाई ६ ओटा निर्वाचन क्षेत्र र १७ ओटा इलाकामा विभाजन गरिएको छ ।

राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ । जसमध्ये पुरूष १ करोड २८ लाख ४९ हजार ४१ र महिलाको कुल जनसंख्या १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ छ । कुल जनसङ्ख्याको ४८.५ प्रतिशत मात्र पुरूष रहेको छ भने महिलाको जनसंख्या ५१.५ प्रतिशत जनगणनाको तथ्याङ्कले देखाएको छ । नेपालको कुल वृद्धि दर १.३५ रहेको छ ।

नेपाली भाषा बोल्ने १ करोड १८ लाख २६ हजार ९ सय ५३, मैथिली ३० लाख ९२ हजार ५ सय ३०, थारू १५ लाख २९ हजार ८ सय ७५, हिन्दी ७७ हजार ५ सय ६९ र उर्दू ६ लाख ९१ हृजार ५ सय ४६ जना पाइएको छ । तर्राईमा मात्रै नेपाली ३४ लाख ९४ हजार ७ सय १०, मैथिली ३० लाख ०४ हजार २ सय ४५, भोजपुरी १५ लाख ४२ हजार ३३ हजार ३, थारू १४ लाख ७९ हजार १ सय २९, अवधी ५ लाख ६ सय ७, हिन्दी ४६ हजार ९ सय ३३ र उर्दु ६ लाख ७१ हजार ८ सय ५१ जनाले मातृभाषाको रूपमा प्रयोग गर्दैआएका छन् ।

सप्तरी जिल्लाको कुल घरधुरी सङ्ख्या १ लाख २१ हजार ९८, जनसङ्ख्या ६ लाख ३९ हजार २ सय ८४ मध्ये पुरूष ३ लाख १३ हजार ८ सय ४६ र महिला ३ लाख २५ हजार ४ सय ३८ रहेको छ । जसमध्ये हिन्दु ४ लाख ५८ हजार ८१, इस्लाम ५७ हजार ४ र बौद्ध धर्मावलम्वी २९ हजार ९ सय ५ पाइएको छ । प्रतिशतको हिसावले हिन्दु ८५.७ प्रतिशत, मुस्लिम ८.९ प्रतिशत र बुद्ध धर्म मान्नेहरू ४.७ प्रतिशत रहेको छ । पाच वर्षेखि माथिको जनसंख्या ५ लाख ७६ हजार २७ देखाइएको छ । कुल जनसङ्ख्या मध्ये लेखपढ गर्न सक्ने -साक्षर) ३ लाख १३ हजार ९ सय २४ रहेको छ । अर्थात् सप्तरी जिल्लाको साक्षरता प्रतिशत ५४.५ रहेको छ । यस जिल्लामा १ लाख ८८ हजार ५ सय ३९ जना पुरूष र १ लाख २५ हजार ३ सय ८५ जना महिला साक्षर रहेका छन् । प्रतिशतको हिसावले पुरूष साक्षरता ६० र महिला साक्षरता ४० रहेको छ । लेखपढ गर्न नसक्ने २ लाख ४४ हजार १ सय ९२ जना रहेकोले कुल निरक्षर प्रतिशत ४२.४ रहेको तथ्याङ्कले देखाएको छ । यस जिल्लामा कुल निरक्षरमध्ये पुरूष ८४ हजार ५ सय ५ जना र महिला १ लाख ५९ हजार ६ सय ८७ जना रहेका छन् । प्रतिशतको हिसावले पुरूष ३४.६ र महिला ६५.७ प्रतिशत निरक्षर रहेको छ । - राष्ट्रिय जनगणना, २०६८) ।

Read more

Latest Events Video

Developed in conjunction with Ext-Joom.com

Like Us On Facebook